पोखरामा नेश्नल अटोक्रस च्याम्पियनसिप सुरु

पाेखरा | पुस ११, २०८२

पोखरामा नेश्नल अटोक्रस च्याम्पियनसिप सुरु

पोखरा:  पर्यटन राजधानी पोखराको पामेमा नेश्नल अटोक्रस च्याम्पियनसिप गरिएको छ । अटोमोवाइल एसोसिएसन गण्डकी, जियोन ओभरल्याण्ड र मोटरभर्स स्पोर्टस् क्लबको आयोजनामा ड्राइभ टुरिजम र सडक सुरक्षाको सचेतना अभिवृद्धि गर्ने उद्देश्यले उक्त च्याम्पियनसिप गरिएको हो ।


च्याम्पियनसिपमा ४ महिला सहित ३६ जना कार राइडरहरूको उत्साहजनक सहभागिता रहेको थियो । मोटर स्पोर्टस्को  प्रमुख विद्याका रुपमा रहेको अटोक्रस अन्तरगत सहभागीहरूले माटो, ग्राभेल वा पिच ट्र्याकमा टाइम–अट्याक शैलीमा सकेसम्म छिटो र सटिक रूपमा रेस पुरा गर्ने गर्दछन् । यसमा स्किल र स्ट्राटेजी निकै महत्त्वपूर्ण हुने बताइएको छ । 


यसअघि च्याम्पियनसिपको शुभारम्भ गर्दै नगर प्रमुख धनराज आचार्यले साहसिक खेल पर्यटनको प्रवर्द्धन र विकासमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो । 


पोखरालाई पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा अझ मजबुत बनाउन निजी क्षेत्र, युवाहरू तथा पर्यटनसँग सम्बन्धित सङ्घ–संस्थाको सक्रिय सहभागिता अत्यावश्यक रहेको उहाँले बताउनुभयो ।

पोखरा ।    पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ ।   पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...

थप पढ्नुहोस्

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्